स्ट्याण्डर्ड चार्टर्डको खुद नाफामा छलाङ, वितरण योग्य नाफा कति ?

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले खुद नाफामा छलाङ मारेको छ । बैंकले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ६२.२७ प्रतिशतले बढेको छ ।

गत आवको असार मसान्तसम्ममा बैंकले २ अर्ब २६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ८७ करोड बढी हो । अघिल्लो आवमा बैंकले १ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बढेसँगै इम्पेरमेन्ट चार्ज घटेपछि बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.८६ प्रतिशत बढेर ४ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको सञ्चालन मुनाफा ६१.५४ प्रतिशत बढेर ३ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

हाल ९ अर्ब ४२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ७६ करोड र रिटेन्ड अर्निङमा २ अर्ब ९१ करोड रुपैयाँ संचित छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ५९ करोड रुपैयाँ रहेको छ। यसबाट बैंकले १७ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ७.७५ रुपैयाँ बढेर २४.७ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १६.४६ गुणा, खराब कर्जा ०.५९ प्रतिशत, बेसरेट ८.८१ प्रतिशत, स्प्रेडदर ४.२३ प्रतिशत र सीडी रेसियो ८५.१५ प्रतिशत रहेको छ ।

एनआइसी एशिया लघुवित्तको नाफा २४ प्रतिशत वृद्धि, यस्ता छन् मुख्य सूचक Read Previous

एनआइसी एशिया लघुवित्तको नाफा २४ प्रतिशत वृद्धि, यस्ता छन् मुख्य सूचक

वीरगञ्ज-पथलैया ६ लेन सडक निर्माण अन्तिम चरणमा,  ८९ प्रतिशत काम सम्पन्न Read Next

वीरगञ्ज-पथलैया ६ लेन सडक निर्माण अन्तिम चरणमा, ८९ प्रतिशत काम सम्पन्न