डिशहोमले संचालनमा ल्यायो आइपी टीभी सेवा

काडमाडौं । डिश मिडिया नेटवर्कले आइपी टीभी सञ्चालनमा ल्याएको छ । प्रविधिमा आएको परिवर्तन र ग्राहकको चाहनालाई मध्येनजर गर्दै आइपी टीभी सेवा संचालनमा ल्याएको हो ।

डिशहोम आइपी टीभीको नाममा यो सेवाको सुरुआत भएको कम्पनीले जानकारी दिएको हो । उक्त टीभी सेवा अन्य सेवा प्रदायककोभन्दा गुणस्तरीय र उत्कृष्ट हुनेमा ग्राहकलाई कम्पनीले विश्वस्त पारेको छ ।

आइपी टीभीमा २०० भन्दा बढी टीभी च्यानलहरू, भिडियो, क्याच-अफ टिभी, युटुब, टिकटक, लगायत अन्य विभिन्न एप तथा फिचर्सहरू उपलब्ध रहेको कम्पनीले जनाकारी दिएको छ ।

डिश मिडिया नेटवर्कले विगत १२ वर्षदेखि डिटीएच सेवा दिँदै आएको छ ।

अब भारतको जयनगरदेखि महोत्तरीको भङ्गाहासम्म रेल चल्ने Read Previous

अब भारतको जयनगरदेखि महोत्तरीको भङ्गाहासम्म रेल चल्ने

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ४ अर्ब माथि, लाभांश क्षमता कति ? Read Next

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ४ अर्ब माथि, लाभांश क्षमता कति ?