राधी विद्युत् कम्पनीले पायो हकप्रद जारी गर्न अनुमति

काठमाडौं । राधी विद्युत कम्पनीले हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले सोमबार कम्पनीलाई १४७ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ९५ करोड ३५ लाख ७६ हजार ९०० रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ हजार कित्ता हकप्रद सेयर विक्री गर्न अनुमति पाएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १:१.४७५२ अनुपातमा हकप्रद जारी गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रक्रिया अघि बढाउने छ ।कम्पनीको हकप्रद सेयर निष्काशन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

बैंकबाट एक सातामै झिकियो ६३ अर्ब निक्षेप, बढ्यो सीडी रेसियो Read Previous

बैंकबाट एक सातामै झिकियो ६३ अर्ब निक्षेप, बढ्यो सीडी रेसियो

मौद्रिक नीतिले तरलता अभाव बढाउँछ, व्यवसायीलाई उत्साहित बनाउन सकेन : महासंघ Read Next

मौद्रिक नीतिले तरलता अभाव बढाउँछ, व्यवसायीलाई उत्साहित बनाउन सकेन : महासंघ