काठमाडौं । पछिल्लो एक सातामै वाणिज्य बैंकहरुबाट ६३ अर्ब निक्षेप बाहिरिएको छ । साउन लागेपछि वाणिज्य बैंकहरुबाट उक्त रकम झिकिएको हो ।
नेपाल बैंकर्स संघका अनुसार असार मसान्तमा ४५ खर्ब ४१ अर्ब पुगेको वाणिज्य बैंकको निक्षेप ६ साउनमा आउँदा ६३ अर्बले घटेर ४४ खर्ब ७८ अर्बमा झरेको छ ।
यस अवधिमा बैंकहरुको कर्जा लगानी पनि घटेको छ । असार मसान्तमा ४१ खर्ब ७५ अर्ब रहेको कर्जा लगानी ६ साउनमा आउँदा १० अर्बले घटेर ४१ खर्ब ६५ अर्बमा झरेको छ ।
कर्जा निक्षेप ६ दिनमै ६३ अर्बले घट्दा बैंकहरुको सीडी रेसियो बढेर ८७.७५ प्रतिशत पुगेको छ । असार ३२ मा बैंकहरुको सीडी रेसियो ८६.४१ प्रतिशत थियो ।