एचआइडीसीएलको लिलामी सेयर बिकेन, आइपीओकै भाउमा किन्ने अवसर !

काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआइडीसीएल)काे संस्थापक (प्रमोटर सेयर) विक्री नभएपछि फेरि लिलामीमा ल्याउने भएको छ ।

कम्पनीले असार ५ गतेदेखि संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर लिलामीमा ल्याएको थियो । सोमध्ये ५१ लाख ९० हजार ५२० कित्तामा मात्र आवेदन परेपछि बाँकी २ करोड ७८ लाख ९ हजार ४८० कित्ता फेरि साउन १५ देखि लिलामीमा ल्याउने भएको हो ।

कम्पनीले २०७८ भदौ ५ गतेदेखि विक्रीमा ल्याएको १०० प्रतिशत हकप्रद सेयर विक्रीमा ल्याएको थियो । सो बेला विक्री नभएको संस्थापकतर्फको सेयर लिलामीमा ल्याएको हो ।

लिलामीमा आउने उक्त सेयरमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले साउन २९ गतेसम्म आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले गोप्य शिलबन्दी मार्फत आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाई आवेदन दिनुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम मूल्य १०० रुपैयाँ नघटाई कम्तीमा १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौं, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, ग्लोबलको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी सेयर भर्न सकिने छ ।

काठमाडौं भित्रियो फोटोन अमार्क Read Previous

काठमाडौं भित्रियो फोटोन अमार्क

वैदेशिक व्यापारमा नयाँ कीर्तिमान, बजेटभन्दा धेरै व्यापार घाटा Read Next

वैदेशिक व्यापारमा नयाँ कीर्तिमान, बजेटभन्दा धेरै व्यापार घाटा