भन्सार छलेर ल्याएको ४२० बोरा चिनी बरामद

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर ६ स्थित पुरानो पर्साबजारबाट भन्सार छली ल्याइएको ४२० बोरा चिनी बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ५० किलोका ती बोरा पराजुली खाध्य उद्योग अगाडी रोकी राखेको लु २ ख १०३२ नम्बरको ट्रकबाट बरामद गरिएको हो ।

रु १८ लाख ६९ हजार बराबरको चिनी बरामत गरिएको प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए ।

चिनीसहितको ट्रक र त्यसका चालकलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालयमा पठाईएको उनले जानकारी दिए ।

ट्र्याक खोलिएको  २८ वर्षपछि मदन भण्डारी राजमार्ग कालोपत्र हुँदै Read Previous

ट्र्याक खोलिएको २८ वर्षपछि मदन भण्डारी राजमार्ग कालोपत्र हुँदै

काठमाडौं भित्रियो फोटोन अमार्क Read Next

काठमाडौं भित्रियो फोटोन अमार्क