काठमाडौं । मंगलम ग्रुपका प्रबन्ध निर्देशक अभिनव चुरिवाल ‘कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्ड’बाट सम्मानित भएका छन् ।
कर्पोरेट म्यागजिनद्वारा मंगलबार होटल र्याडिसनमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त अवार्ड प्रदान गरेका हुन् ।
आफ्नो व्यवसायमा उत्कृष्ट योगदान पुर्याउने व्यवसायीलाई सम्मान गर्दै दिइने यो अवार्ड कर्पोरेट म्यागेजिनले हरेक वर्ष एक समारोह आयोजना गरी प्रदान गर्ने गर्दछ ।