काठमाडौं । नेपाल इभेस्टमेन्ट बैंकले घटस्थापनाको अवसर पारेर आफ्नै पेमेन्ट गेटवे सेवा शुरु गरेको छ।
यो पेमेन्ट गेटवेले व्यापारिक भुक्तानी पोर्टल (वेबसाइट आदि), प्राप्तिकर्ता बैंक, भिसाजस्ता कार्ड विनियम प्रणाली र जारीकर्ता बैंकबीच कारोबार भएकै समय (रियल टाइम)मा भुक्तानी सहजीकरण सुविधा प्रदान गर्ने बैंकले जनाएको छ।
यो पेमेन्ट गेटवेले अब व्यापारिहरूले विश्वभरि नै आफ्ना वस्तु तथा सेवा बिक्री गर्न सक्ने तथा कार्डवाहकहरूले इकर्मश साइटहरूबाट सातै दिन चौबीसै घण्टा सुरक्षित रुपमा अनलाइनबाट वस्तु तथा सेवा किनमेल गर्न सक्ने बैंकले जनाएको छ।
यो सेवा आरम्भ गरेको अवसरमा छानिएका बिक्रेताहरूमा लागू हुने गरी अनलाइन कारोवारमा २५ प्रतिशतसम्म क्यास ब्याक अफर घोषणा गरिएको बैंकले जनाएको छ ।
प्रयोगकर्ताहरूका लागि प्रणालीमाथि विश्वसनीय सुनिश्चिता कायम गर्न उच्च सुरक्षित इन्क्रिप्सन र अन्य बहुआयामिक सुरक्षा विधिहरूबाट कारोबारका डाटाहरू सुरक्षित बनाइएको बैंकले जनाएको छ।
हाल बैंकले देशभरका ८२ शाखा, १२२ एटीएम, १५ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५५ शाखारहीत बैंकिङ काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।