नेपाल र संयुक्त अरब इमिरेट्सबीच द्विपक्षीय हवाई सम्झौता

काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच द्विपक्षीय हवाई सम्झौतामा  हस्ताक्षर भएको छ। क्यानडाको मन्ट्रियलमा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को ४० औं महासभाको क्रममा उक्त सम्झौता भएको हो।

 

सम्झौतामा नेपालका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र यूएईको तर्फबाट अर्थमन्त्री सलमान विन सइद अलमन्सुरीले हस्ताक्षर गरेका छन्।

 

सन् १९९९ मा पहिलोपटक सम्झौता भएको यूएईसँग पछिल्लोपटक सन् २०१५ मा पुनरावलोकन भएको थियो। नेपालले हालसम्म ३९ देशसँग हवाई सम्झौता गरेको छ।

चाडपर्व लक्षित ट्राभल एजेन्सीहरुको आकर्षक टुर प्याकेज Read Previous

चाडपर्व लक्षित ट्राभल एजेन्सीहरुको आकर्षक टुर प्याकेज

इन्भेष्टमेन्ट बैंकको आफ्नै पेमेन्ट गेटवे शुरु, २५%सम्म क्यास ब्याक अफर Read Next

इन्भेष्टमेन्ट बैंकको आफ्नै पेमेन्ट गेटवे शुरु, २५%सम्म क्यास ब्याक अफर