लुम्बिनी विकास बैंकको नाफामा उच्च वृद्धि, लाभांश क्षमता कति ?

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको खुद मुनाफामा उल्लेख्य सुधार आएको छ । बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ५५.६९ प्रतिशतले बढेको हो ।

गत असार मसान्तसम्म बैंकले ६७ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ करोड रुपैयाँ बढी हो । अघिल्लो आवको सोही अवधिसम्ममा बैंकले ४३ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेसँगै निष्क्रिय कर्जा घट्दा बैंकको खुद नाफामा उल्लेख्य सुधार आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३०.१५ प्रतिशत बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ६०.०२ प्रतिशत बढेर ९७ करोड ३ लाख रुपैयाँ पुगेको छ ।

हाल ३ अर्ब २८ करोड चुक्ता पूँजी रहेको बैंकको रिटेन्ड अर्निङमा ४७ करोड ३ लाख र रिजर्भ कोषमा २ अर्ब ५ करोड रुपैयाँ संचित छ ।

असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ४७ करोड ९२ लाख रुपैयाँ रहेको छ। यसबाट बैंकले १५ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ५.६४ रुपैयाँ बढेर २०.५७ रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १७७.१९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १६.५८ गुणा, खराब कर्जा १.६८ प्रतिशत रहेको छ ।

साउन भित्रै दुई लघुवित्तको आइपीओ आउँदै, कुनको कहिलेदेखि ? Read Previous

साउन भित्रै दुई लघुवित्तको आइपीओ आउँदै, कुनको कहिलेदेखि ?

अब गुड्ने मिनी अस्पताल ! Read Next

अब गुड्ने मिनी अस्पताल !