काठमाडौं । अब मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का नहुने भएको छ ।
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै मर्जरमा जाने कम्पनीको धितोपत्र कारोबार रोक्का नहुने व्यवस्था गरेको हो ।
अब धितोपत्र बोर्डको नियमन बमोजिम हुने व्यवस्था गरिएको छ ।अहिले मर्जरमा जाने कम्पनीको सेयर एकीकृत कारोबार नहुन्जेल रोक्का हुने व्यवस्था छ ।