काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोकर्जामा ४/१२ को सीमामा सामान्य हेरफेर गरेको छ ।
चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले सेयर धितो कर्जामा ४ कराेडकाे सीमा हटाएका हुन् ।
अब लगानीकर्ताले एउटै बैंक वा प्रणालीबाट १२ करोडसम्म सेयर कर्जा लिन पाउने छन् । यसअघि सेयर धितोमा एक व्यक्तिले एउटा बैंकबाट ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकत १२ करोडभन्दा बढी ऋण लिन नपाउने व्यवस्था थियो ।
सेयर लगानीकर्ताले लामो समयदेखि ४र१२ को सीमा हटाउन माग गर्दै आए पनि राष्ट्र बैंकले अधिकतम सीमा भने यथावत राखेको हो ।