अन्नपूर्ण केबलकारको मनसुन अफर, टिकटमा २० प्रतिशत छुट

काठमाडौं । पोखरास्थित अन्नपूर्ण केबलकार प्रालिले मनसुन अफर ल्याएको छ । कम्पनीले नेपाली ग्राहकलाई लक्षित गर्दै यस्तो अफर ल्याएको हो ।

यस अफर अन्तर्गत केबलकारको टिकटमा २० प्रतिशत छुट पाइने कम्पनीले जनाएको छ ।

यो अफर नेपाली नागरिकहरुका लागि मात्र लागू हुने कम्पनीले बताएको छ । कम्पनीका अनुसार मनसुन अफर साउन ६ गतेदेखि भदौ ३१ गतेसम्म मात्र लागू हुनेछ ।

कम्प्नीले यसअघि पनि विभिन्न अफर ल्याउँदै आएको छ । गत वर्षदेखि संचालनमा आएको अन्नपूर्ण केबलकार मुलुकको चौथो केबलकार हो ।

 

विमान आकस्मिक अवतरण गराएको केहीबेरमै पाइलटको मृत्यु Read Previous

विमान आकस्मिक अवतरण गराएको केहीबेरमै पाइलटको मृत्यु

थपिँदै नेपालमै गाडी उत्पादन गर्ने उद्योग, यी घरानाले राख्दैछन् प्लान्ट Read Next

थपिँदै नेपालमै गाडी उत्पादन गर्ने उद्योग, यी घरानाले राख्दैछन् प्लान्ट