विमान आकस्मिक अवतरण गराएको केहीबेरमै पाइलटको मृत्यु

जकर्ता । इन्डोनेसियाको एक विमानको आकस्मिक अवतरणपछि विमान चालकको मृत्यु भएको छ ।

चालकले उडानका क्रममा स्वास्थ्यमा समस्या आएको बताएपछि विमानलाई आकस्मिक अवतरण गर्न अनुमति दिइएको थियो । सबै यात्रु सकुशल विमानस्थलमा उत्रेपछि उनीहरूलाई अर्को उडानमार्फत गन्तव्यमा पुर्याइएको छ ।

सिटिलिंकका कार्यकारी निर्देशक देवा काडेक राईले घटनाको पुष्टि गर्दै भने, ‘पूर्वी जाभा प्रान्तमा रहेको जुआन्डा अन्तर्राट्रिय विमानस्थलमा बिहीबार बिहान चालकले विमानलाई आकस्मिक अवतरण गरेका थिए भने उनलाई तत्काल नजिकैको एक अस्पतालमा लगिएको थियो । उनको उपचारका क्रममा त्यहाँ निधन भएको छ ।’

उनको के कारणले निधन भएको भन्नेबारे अस्पतालले तत्काल कुनै प्रतिक्रिया दिइसकेको छैन ।

उनले भने, दक्षिण सुलावेसी प्रान्तको उजुङ पाण्डाङमा स्थानीय समयअनुसार बुधबार बिहान ६ः०० बजे उडिरहेको उडान नम्बर क्यूजी–३०७ को विमानले उडान सुरू गरेको करिब १५ मिनेटपछि आकस्मिक अवतरणका लागि अनुरोध गरेको थियो ।

मृतक विमान चालकलाई जकार्तास्थित पाइलटको घरमा हेलिकोप्टरमार्फत सिधै पठाइने जानकारी उडाइनेछ भन्दै उनले पाइलटको परिवारलाई समवेदना व्यक्त गरे ।

स्थानीय सञ्चार माध्यमका अनुसार सिटिलिङ्कका अधिकारीहरूले यात्रुहरूलाई विमानलाई आकस्मिक अवतरण गर्नु परेको कारण प्रस्ट पार्दै अर्को उडानको व्यवस्था गरेका थिए ।

उक्त विमानको सम्पुर्ण चालक दलका सदस्यहरूलाई आराम गर्न दिई अर्को समूहलाई उडानका लागि खटाइएको थियो ।-सिन्ह्वा

कसिलो मौद्रिक नीतिको त्रासले नेप्सेमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी Read Previous

कसिलो मौद्रिक नीतिको त्रासले नेप्सेमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

अन्नपूर्ण केबलकारको मनसुन अफर, टिकटमा २० प्रतिशत छुट Read Next

अन्नपूर्ण केबलकारको मनसुन अफर, टिकटमा २० प्रतिशत छुट