२३ जलविद्युत् आयाेजनाले पाए निमार्ण अनुमती, कुन कति मेघावाटकाे ?

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा २३ वटा जलविद्युत् आयोजनाले निर्माण अनुमति पाएका छन् । विद्युत विकास विभागले २३ वटा आयोजनाको निमार्ण अनुमति दिएको हो ।

यस अवधिमा निर्माण अनुमति पाएका आयोजनाको विद्युत् उत्पादन क्षमता ४७४.८५५ मेघावाट रहेको छ । साथै विभागले गत वर्ष३२ वटा जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति दिएको छ । सर्वोक्षण अनुमति प्राप्त आयोजनाको विद्युत उत्पादन क्षमता ११०० मेघावाट रहेको छ ।

विभागको तथ्यांक अनुसार निर्माण अनुमति पाएका आयोजना मध्ये सबैभन्दा धेरै क्षमताको मिचुली दोर्दे रहेको छ । यस आयोजनाको विद्युत उत्पादन क्षमता ५७ मेघावाट रहेको छ ।

पिपुल्स हाइड्रोपार कम्पनीले निमार्ण गर्न लागेको सो आयोजनाले निमार्ण अनुमति विभागबाट गत वैशाख २८ गते पाएको थियो । लम्जुङको धोदेनी फलेनी स्थित दोर्दि नदिमा बन्ने सो आयोजना बन्ने भएको हो ।

सबैभन्दा सानो हिमालयन इन्जिनियरिङ एण्ड इनर्जी प्रालिले २ मेगावाटको अरुणखोला जलविद्युत आयोजना निर्माण गर्न अनुमति पाएको छ । यस आयोजनाले गत पुस २८ गते नवलपरासीको अरुण खोलामा आयोजना निर्माणका लागि अनुमति पाएको हो ।

सर्वोक्षण अनुमति पाउने योजना मध्ये सबैभन्दा ठूलो क्षमताको अरुण ४ रहेको छ । संखुवासभामा निर्माण गरिने सो आयोजनाको विद्युत उत्पादन क्षमता ९०.२०० मेगावाट रहेको छ ।

यस आयोजनाको सर्वे नेपाल विद्युत प्राधिकरणले गर्ने भएको हो । यसैगरी, विभागले सबैभन्दा सानो क्लिन इनर्जी प्रालिले १.५२० मेगावाटको रुडी खोला जलविद्युत आयोजनाको सर्वे अनुमति दिएको हो ।

नयाँ वन नियमावली सिमेन्ट निर्यातमा बाधक छ : सिमेन्ट उत्पादक संघ Read Previous

नयाँ वन नियमावली सिमेन्ट निर्यातमा बाधक छ : सिमेन्ट उत्पादक संघ

कसिलो मौद्रिक नीतिको त्रासले नेप्सेमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी Read Next

कसिलो मौद्रिक नीतिको त्रासले नेप्सेमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी