सिटिजन बैंकको १५% लाभांश पारित, अध्यक्षमा राजनसिंह भण्डारी निर्वाचित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफबाट वितरण गर्ने प्रस्तावित १५% लाभांश साधरण सभाबाट पारित गरेको छ । बैंकको शुक्रवार सम्पन्न १३औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको प्रस्तावित लाभांश पारित गरेको छ ।

 

काठमाडौंमा भएको साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशतले हुन आउने एक अर्ब ४५ लाख २७ हजार नगद लाभांश र ३ प्रतिशतले हुने २५ करोड ११ लाख ३१ हजार रकम बराबरको बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो ।

 

अध्यक्षमा राजनसिंह भण्डारी निर्वाचित

 

यसैगरी सभाले नयाँ संचालक समिति पनि चयन गरेको छ। सिटिजन बैंकका अध्यक्षमा राजनसिंह भण्डारी निर्वाचित भएका छन्। यसअघि सोही बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका भण्डारी शुक्रबार सम्‍पन्न १३ औँ शाधरणसभाबाट अध्यक्षमा निर्वाचित भएका हुन्।

 

त्यस्तै उद्योगी प्रवलजंग पाण्डे, सजन शमा र सीता कार्कीलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरिएको छ।

 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७९ वटा एटिएम र १०२ वटा शाखारहित बैंकिङ इकाइबाट कारोबार गरेको छ।

एक रुपैयाँमा अर्गानिक स्याउ Read Previous

एक रुपैयाँमा अर्गानिक स्याउ

चाडपर्व लक्षित ट्राभल एजेन्सीहरुको आकर्षक टुर प्याकेज Read Next

चाडपर्व लक्षित ट्राभल एजेन्सीहरुको आकर्षक टुर प्याकेज