सयपत्री हाइड्रोपावर साउन १३ गतेदेखि आइपीओ निष्काशन गर्ने

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले साउन १३ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ७ करोड २१ लाख ६ हजार रुपैयाँ बराबरको ७ लाख २१ हजार ६० कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

निष्काशन हुने कुल सेयरमध्ये ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याइएको छ। बाँकी ६ लाख ७० हजार ५८६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा साउन १७ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा साउन २७ गतेसम्म आवेदन दिन पाइन्े छ ।

आइपीओमा नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले केयरएनपी डबल बी आइएस रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

हचुवामा सुरुङमार्ग घोषणा : ३५ वटामा ५ मात्रै निर्माणकाे चरणामा, कुनकाे कस्तो छ प्रगति ? Read Previous

हचुवामा सुरुङमार्ग घोषणा : ३५ वटामा ५ मात्रै निर्माणकाे चरणामा, कुनकाे कस्तो छ प्रगति ?

बोइङको '७७७ एक्स' जहाजको पहिलो खरिदकर्ता बन्दै कतार एयरवेज Read Next

बोइङको '७७७ एक्स' जहाजको पहिलो खरिदकर्ता बन्दै कतार एयरवेज