आदर्श लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ?

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

सोमबार नेप्सेमा लघुवित्तको ६७ कित्ता साधरण सेयर (आइपीओ) र संस्थापक समूहको १ लाख ४० हजार कित्ता गरी कुल २ लाख ७ हजार कित्ता सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत भएसँगै मंगलबारदेखि लघुवित्तको सेयर दोस्रो बजारमा कारोबारमा आउने छ । यद्यपि, भोलि प्रि ओपन सेसनका लघुवित्तको सेयर कारोबार हुन नसकेका नियमित कारोबारमा आउने छैन् ।

सेयर कारोबारका लागि नेप्सेले ADARSHA संकेत चिह्न प्रदान गरेको छ ।लघुवित्तको सेयर कारोबारका लागि नेप्सेले न्यूनतम १२२.८८ रुपैयाँ र अधिकतम ३६८.६४ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकेको छ ।

यही रेञ्जको बीचमा लघुवित्तको सेयर कारोबार खुल्नेछ । यदि अधिकतम रेञ्जमा कारोबार खुलेमा पहिलो कारोबार नै प्रतिकित्ता ३६८.६४ रुपैयाँमा हुनेछ ।

गत वर्ष साढे ७ लाख घरजग्गा किनबेच, यी ठाउँमा भयो धेरै कारोबार Read Previous

गत वर्ष साढे ७ लाख घरजग्गा किनबेच, यी ठाउँमा भयो धेरै कारोबार

१८ बीमा कम्पनीको सेयर कारोबार रोक्का (सूचीसहित) Read Next

१८ बीमा कम्पनीको सेयर कारोबार रोक्का (सूचीसहित)