काठमाडौं । नागरिक लगानी कोषले घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको साधारण सेयर प्रत्याभूति गर्ने भएको छ ।
सेयर प्रत्याभूतिकर्ता सम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टको तर्फबाट संचालक आदित्य संघाईले हस्ताक्षर गरेका हुन् ।
घोराही सिमेन्टले ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम बापत ३३५ रुपैयाँ थप गरी प्रतिकित्ता ४३५ रुपैयाँको दरले ३ अर्ब ४५ करोड ५५ लाख ५३ हजार ४ सय पैतीस रुपैँयाको सेयरको प्रत्याभूति हुनेछ ।