व्यवसायमा शिखर इन्स्योरेन्सको कीर्तिमान, एक वर्षमै ५ अर्ब प्रिमियम कलेक्सन

काठमाडौं । निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स व्यवसाय विस्तारमा आक्रमक बनेको छ । देशको समग्र अर्थतन्त्र नै नकारात्मक दिशा उन्मुख रहे पनि कम्पनीले आफ्नो व्यवसायमा भने उच्च वृद्धि गर्न सफल भएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले प्रिमियम कलेक्शन २६.२० प्रतिशतले वृद्धि गर्न सफल भएको हो । कम्पनीले गत वर्ष ५ अर्ब १ करोड प्रिमियम संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको २०७७/७८ को तुलनामा १ अर्ब ४ करोड रुपैयाँ बढी हो । शिखरले सो वर्ष ३ अर्ब ९७ करोड प्रिमियम संकलन गरेको थियो ।

एकै वर्षमा ५ अर्ब प्रिमियम संकलन गर्ने शिखर पहिलो निर्जीवन बीमा कम्पनी समेत हो । एक आर्थिक वर्षमै ५ अर्ब प्रिमियम संकलन गर्दै शिखरले निर्जीवन बीमा क्षेत्रमा इतिहास रचेको छ । विगतदेखि नै निर्जीवन बीमा कम्पनीमा ‘मार्केट लिडर’ रहेको शिखरले आफ्नो वर्चश्व कायमै राखेको हो ।

पछिल्लो १७ वर्षमा शिखरले आफ्नो व्यवसाय ३७५३ प्रतिशतले विस्तार गर्न सफल भएको छ । सन् २००४/०५ मा जम्मा १३ करोड प्रिमियम संकलन गरेको शिखरले १७ वर्षमै प्रिमियम संकलन साढे ३८ गुणाले वृद्धि गरी ५ अर्ब पुर्याएको हो ।

गत वर्ष कम्पनीले कुल २ लाख ६२ हजार वटा पोलिसी विक्री गरेको छ । सो वर्ष ३ अर्ब बढी दाबी भुक्तानी गरेको छ कम्पनीले जनाएको छ ।

पछिल्लो समय अन्य कम्पनीहरु बीमा समितिले तोकेको चुक्ता पूँजी २ अर्ब ५० करोड पुर्याउन धमाधम मर्जरमा केन्द्रीत भइरहेका छन् । हाल २ अर्ब २८ करोड चुक्ता पूँजी रहेको शिखर लाभांशबाटै तोकेको चुक्ता पूँजी पुर्याउन सक्ने देखिन्छ ।

हाल मर्जरमा सम्झौता गरी नयाँ बन्ने कम्पनीले समेत शिखरलाई उछिन्न नसक्ने देखिन्छ । प्रिमियम संकलन, चुक्ता पूँजी, शाखा संजाल लगायत सूचकमा शिखर इन्स्योरेन्स नै अग्रपंक्तिमा रहने देखिन्छ ।

निर्जीवन तर्फ ‘नम्बर १’ रहँदै आएको शिखरको शाखा संजाल ६७ जिल्लामा ११० वटा पुगेको छ । हाल कम्पनीमा ६१९ कर्मचारी कार्यरत छन ्।

हिमालय एयरलाइन्सको काठमाडौं-कुवेत सिधा उडान सुरू Read Previous

हिमालय एयरलाइन्सको काठमाडौं-कुवेत सिधा उडान सुरू

नयाँ आर्थिक वर्षलाई नेप्सेको हरियो झण्डा, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Next

नयाँ आर्थिक वर्षलाई नेप्सेको हरियो झण्डा, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी