काठमाडौं । आज (आइतबार)देखि दोस्रो बजारमा थप २ कम्पनीको सेयर कारोबार रोक्का भएको छ ।
एक आपसमा मर्जरमा जाने सम्झौता गरेका प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको आजदेखि सेयर कारोबार रोक्का भएको हो ।
अब एकीकृत कारोबार नहुन्जेल यी कम्पनीको सेयर कारोबार रोक्का हुनेछ ।
यी दुईसहित हाल मर्जरमा जाने सम्झौता गरेको १९ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का छ ।