घोराही सिमेन्टले प्रिमियममा आइपीओ जारी गर्ने, विक्री प्रबन्धक नियुक्त

काठमाडौं। घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले प्रिमियम मूल्यमा साधरण सेयर (आइपीऋो) जारी गर्ने भएको छ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा थप प्रिमियम जोडेर ७९ लाख ४३ हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले सेयर निष्काशन प्रक्रिया समेत अगाडि बढाएको छ। कम्पनीले सेयर निष्काशनका लागि हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङलाई विक्री प्रबन्धक नियुक्त गरेको छ।

सम्झौतापत्रमा हिमालयनका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त, नबिल इन्भेष्टमेन्टका मनीषनारायण जोशी र घोराही सिमेन्टका सञ्चालक आदित्य संघाईले हस्ताक्षर गरेका छन्।

२०६४ सालमा दर्ता भई २०६९ देखि आफ्नै चुनढुंगा खानीमार्फत क्लिंकर उत्पादन गरेर व्यवसायिक उत्पादन थालेको घोराही सिमेन्टले हाल दाङमा रहेको उद्योगबाट नवीनतम प्रविधि प्रयोग गरी सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ।

त्रिवेणी र विशाल समूहबाट संयुक्त रुपमा प्रवद्र्धित घोराही सिमेन्ट क्लिंकर उत्पादन क्षमता र सिमेन्ट उत्पादन क्षमताको आधारमा नेपालको दोस्रो ठूलो उद्योग हो।

थप दुई कम्पनीको सेयर कारोबार रोक्का Read Previous

थप दुई कम्पनीको सेयर कारोबार रोक्का

हिमालयन एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार सुरू Read Next

हिमालयन एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार सुरू