काठमाडौं । मनकामना केबलकारले टिकटको भाउ बढाएको छ । कम्पनीले साउन १ गतेदेखि लागू हुने गरी टिकटको मूल्य बढाएको हो ।
कम्पनीका अनुसार दुईतर्फी टिकटको मूल्य २५ रूपैयाँले बढाएर नेपालीका लागि ७०० रुपैयाँ पुर्याएको छ । यसअघि नेपालीका लागि केबलकारको टिकट मूल्य ६७५ रुपैयाँ थियो ।
यस्तै, नेपालीका लागि एकतर्फी टिकटको मूल्य ४१० रुपैयाँ तोकेको छ । यसैगरी विद्यार्थीको लागि २० रुपैयाँ बढाउँदै टिकटको मूल्य ५२५ रुपैयाँ पुर्याएको छ । यसअघि ५०५ रुपैयाँ थियो ।
यसैगरी, यसैगरी, भारतीय नागरिकका लागि ४० रुपैयाँ बढाएर ८८० रुपैयाँ पुर्याएको छ । सार्क देशका नागरिकको १० डलर र अन्य देशका नागरिकको २० डलर रुपैयाँ टिकट मूल्य तोकिएको छ ।
विं.सं २०५५ मंसिरदेखि संञ्चालनमा आएको मनकामना नेपालकै पहिलो केबलकार व्यवसाय हो । चितवनको कुरिन्टारदेखि गोरखाको मनकामना मन्दिरसम्म चल्ने यो केबलकारको लम्बाइ ३ किलोमिटर रहेको छ ।
यस केबलकारको तल्लो स्टेसनको उचाइ समुद्री सतहदेखि २५८ र माथिल्लो स्टेसनको उचाइ १३०२ मिटर रहेको छ ।