काठमाडौं । अपर हेवाखोल हाइड्रोपावर कम्पनीके प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान ९ बजे आइपीओ बाँडफाँट गरेको हो ।
क्यापिटलका अनुसार गोलप्रथाबाट १ लाख ३९ हजार ५०० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने १३ लाख १३ हजार ७३ जनाकाे हात रित्ताे भएकाे छ ।
कम्पनीले असार २४ गतेदेखि सर्वसाधरणका लागि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता सेयर विक्रीमा ल्याएको थियो ।
जसमा १४ लाख ५५ हजार ३८४ जनाले आवेदन दिएकामा १४ लाख ५२ हजार ५७३ योग्य भएको क्यापिटलले जनाएको छ ।
कहाँबाट हेर्ने रिजल्ट ?
कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।
यसैगरी, विक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइट र अपर हेवाखोल हाइड्रोपावर कम्पनीको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।