चन्द्रागिरि हिल्सले बढायाे केबलकारको टिकटकाे भाउ, अब कति तिर्नुपर्छ ?

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले केबलकारको टिकटकाे भाउ बढाएकाे छ । कम्पनीले साउन १ गतेदेखि लागू  हुने गरी टिकटकाे मूल्य बढाएको हो ।

कम्पनीका अनुसार दुईतर्फी  टिकटकाे मूल्य  ९९ रूपैयाँले बढाएर नेपालीका लागि ७९९ रुपैयाँ (करसहित)  पुर्याएकाे छ । यसअघि उक्त टिकट ७०० रुपैयाँमा लिन सकिन्थ्यो ।

यसैगरी, कर सहित दुईतर्फी सार्कदेशका लागि प्रतिव्यक्ति १२८० रुपैयाँ कायम गरेको छ भने चिनियाँ आगन्तुकहरुका लागि १५ डलर र अन्य देशका नागरिकहरुका लागि २२ अमेरिकी डलर तोकेको छ ।

अब पर्यटकहरुले एकतर्फी टिकट मात्र प्रतिव्यक्ति कर सहित ४७५ रुपैयाँमा खरिद गर्नुपर्ने  छ । सो टिकट सार्क देशका लागि ७६० रूपैयाँ, चिनियाँको लागि ९ डलर र अन्य देशका नागरिकहरुका लागि १३ अमेरिकी डलर निर्धारण गरिएको छ ।

२ सातादेखि उदयपुर सिमेन्ट उद्योग बन्द, दैनिक ७३ लाख घाटा Read Previous

२ सातादेखि उदयपुर सिमेन्ट उद्योग बन्द, दैनिक ७३ लाख घाटा

मर्जरपछि बन्ने यी दुई नयाँ कम्पनीले शिखरलाई कडा 'टक्कर' दिने, यस्ता छन् मुख्य सूचक Read Next

मर्जरपछि बन्ने यी दुई नयाँ कम्पनीले शिखरलाई कडा 'टक्कर' दिने, यस्ता छन् मुख्य सूचक