नेप्सेमा थप दुई लघुवित्तको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा थप दुई लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्था र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

मिथिला लघुवित्तले गत वर्षको नाफाबाट वितरण गरेको २५ प्रतिशत अर्थात् ३ लाख ४० हजार ८७४.३५७५ कित्ता बोनस सेयर सूचीकृत गरेको हो ।

त्यसैगरी, आरम्भ चौतारी लघुवित्तको १९.६२ अर्थात् ६ लाख २ हजार २०२.६१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

अपर तामाकोशी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने Read Previous

अपर तामाकोशी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

वाइडबडी 'ल्याण्ड हुन नसक्ने' पोखरा विमानस्थल कसरी अन्तर्राष्ट्रिय ? Read Next

वाइडबडी 'ल्याण्ड हुन नसक्ने' पोखरा विमानस्थल कसरी अन्तर्राष्ट्रिय ?