नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि भएको छ । मंगलबारदेखि दोहोरो अंकले बढेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो ।

पछिल्ला ३ कारोबार दिनमा नेप्से ८५ अंकले बढेको छ । सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३७ करोड बढेर २ अर्ब ४१ करोड पुगेको छ ।

बिहीबार नेप्से १४.७१ अंकले बढेर २००१.५४ विन्दुमा पुगेको छ । यसदिन २२० कम्पनीको २ अर्ब ४१ करोड १८ लाख ३४ हजार ५९९ रुपैयाँ बराबरको ६२ लाख १० हजार ९०८ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै २.४० प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स र माइक्रोफाइनान्स समूहको परिसूचक पनि १ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ३० करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यस्तै, अपर तामाकोशी १४ करोड र एशियन लाइफ झन्डै साढे ८ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले बढेको बजारमा आज एनआइबीएल प्रगती फयडको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका इकाईधनीले करिब १० प्रतिशत कमाएका छन् ।

यसैगरी, प्रभु सेलेक्ट फण्ड ७.९७, अपर तामाकोशी ७.१४, नबिल ब्यालेन्स (फण्ड–२) ६.९०, रिभर फल्स ६.३९, बोटलर्स नेपाल ६.१२, गणपति लघुवित्त, स्वाबलम्बन लघुवित्त, मैलुङखोला जलविद्युत् र निर्धन उत्थान लघुवित्तका सेयरधनीले ५ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

कच्चा तेलको मूल्य ५ महिना यताकै सस्तो, प्रतिब्यारेल कतिमा झर्‍यो ? Read Previous

कच्चा तेलको मूल्य ५ महिना यताकै सस्तो, प्रतिब्यारेल कतिमा झर्‍यो ?

महालेखाको प्रतिवेदन : भ्रष्टाचारको कहाली लाग्दो चित्र Read Next

महालेखाको प्रतिवेदन : भ्रष्टाचारको कहाली लाग्दो चित्र