काठमाडौं । सीजीले आफ्नो ‘सीजी मेरिडिया सिग्नेचर सिरिज’ अन्तर्गत इन्टरनेटको माध्यमबाट चलाउन सकिने विविध प्रिमियम विद्युतीय उपकरणहरू बजारमा ल्याएको छ ।
यी उपकरणहरू इन्टरनेटसँग जोडेपछि जहाँबाट पनि चलाउन सकिने कम्पनीले बताएको छ । आफ्ना सुरूवाती दिनहरूदेखि नै परिस्कृत र उन्नत प्रविधिको उत्पादनहरू नेपाली बजारलाई उपलब्ध गराएर लोकप्रियता बटुल्दै आइरहेको सीजीले यस पटक आइओट (इन्टरनेट अफ थिङ्ग्स) सुविधासहितको प्रिमियम मल्टी डोर तथा साइड बाई साइड रेफ्रिजेरेटर र एसी बजारमा ल्याएको हो ।
यी आइओटी प्रोडक्टहरुलाई ग्राहकले सीजी स्मार्ट होम एपको मार्फत सजिलै चलाउन सक्नेछन् । जसमा यी प्रोडक्टहरु एक अर्कासंग इको स्टिमको तरिकाले जोडिएका हुन्छन् ।
आइओटी सुविधाको साथ अब ग्राहकले आफ्नो घर र कोठा घरबाहिर भएको बेला पनि चाहिएको अनुसार तापक्रममा कोठालाई न्यानो वा शीतल बनाउन सक्ने र रेफ्रिजेरेटरलाई पनि कन्ट्रोल गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।
कम्पनीले रेफ्रिजेरेटरमा १० वर्षको वारेण्टी मोटरमा र एसीमा ५ वर्षको वारेण्टी कम्प्रेसरमा पनि दिएको छ । यी उपकरणहरूको साथ ग्राहकहरूको जीवन अब अझ सुविधायुक्त, सहज, स्मार्ट र प्रभावकारी हुने कम्पनीले जनाएको छ
। यसका अतिरिक्त, आइओटी सुविधायुक्त सीजी मेरिडिया सिग्नेचर सिरिज’का अन्य उपकरणहरू पनि चाँडै नै बजारमा ल्याउने योजना रहेको कम्पनीले जनाएको छ ।