जनरल र सानिमा जनरल इन्स्योरेन्स मर्जरमा जाने

काठमाडौं । बीमा कम्पनीहरु धमाधम मर्जरमा जान थालेको छन् । बीमा समितिले आगामी चैत मसान्तसम्म जीवन बीमाको चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमाको २ अर्ब ५० करोड पुर्याउन निर्देशन दिएसँगै बीमा कम्पनीहरु मर्जरमा जान थालेका हुन् ।

पछिल्लो दुई महिनामै ११ वटा बीमा कम्पनीहरुले एक आपसमा मर्जरमा जाने सम्झौता गरिसकेका छन् । यसैबीच, बुधबार जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सले पनि एक आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका छन् ।

सम्झौतापत्रमा सानिमा जनरल इन्स्योरेन्सका अध्यक्ष खेम राज लामिछाने र जनरल इनस्योरेन्सका अध्यक्ष कुनाल कयालले हस्ताक्षर गरे । दुई कम्पनी बीच १ः१ सेयर अनुपातमा मर्जरमा जाने सहमति भएको जनाइएको छ ।

हाल सानिमा जनरलको चुक्ता पूँजी १ अर्ब रुपैयाँ र जनरल इन्स्योरेन्सको पनि चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ । मर्जरपछि बन्ने नयाँ कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

यसअघि, सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स, एभरेष्ट र हिमालयन जनरल, सूर्य लाइफ र ज्योती लाइफ, रिलायन्स लाइफ र सानिमा लाइफ तथा युनियन लाइफ, प्राइम लाइफ र गुँरास लाइफ बीच एक आपसमा मर्ज हुने सम्झौता भइसकेको छ ।

सिक्लेस हाइड्रोपावरले साउन ६ गतेदेखि आइपीओ निष्काशन गर्ने Read Previous

सिक्लेस हाइड्रोपावरले साउन ६ गतेदेखि आइपीओ निष्काशन गर्ने

पृथ्वी राजमार्गको पश्चिम खण्डमा १३८ घर, टहरा भत्काइँदै Read Next

पृथ्वी राजमार्गको पश्चिम खण्डमा १३८ घर, टहरा भत्काइँदै