सिक्लेस हाइड्रोपावरले साउन ६ गतेदेखि आइपीओ निष्काशन गर्ने

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले साउन ६ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्कीको मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीयका लागि आइपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ करोड १२ लाख ७९ हजार ३०० रुपैैयाँ बराबरको ६ लाख १२ हजार ७९३ कित्ता आइपीओ जारी गर्न लागेको हो ।

कम्पनीको आइपीओमा साउन २० गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा भदौ ५ गतेसम्म आवेदन दिन पाउने छन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओमा माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआइसी एशिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट सीआस्वा अनुमति प्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले केयर एनपी डबल बी प्लस आइएस रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

गहुँ, चिनी लगायतका वस्तुु निर्यात प्रतिबन्ध नेपालका लागि होइन : भारतीय राजदूत Read Previous

गहुँ, चिनी लगायतका वस्तुु निर्यात प्रतिबन्ध नेपालका लागि होइन : भारतीय राजदूत

जनरल र सानिमा जनरल इन्स्योरेन्स मर्जरमा जाने Read Next

जनरल र सानिमा जनरल इन्स्योरेन्स मर्जरमा जाने