कृषि विकास बैंकद्वारा पार्क बनाउन १५ लाख सहयोग सहयोग

काठमाडौं । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनमा परिसरमा पार्क बनाउन कृषि विकास बैंकले सहयोग गरेको छ । बैंकले पार्कका लागि रु १५ लाखको चेक हस्तान्तरण गरेको हो ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त रकम हस्तान्तरण गरेको जनाएको छ । बैंकको प्रदेश कार्यालय वीरेन्द्रनगरका प्रमुख रघुनाथ न्यौपानेले अस्पतालका अध्यक्ष डा निर्मल लामिछाने र कार्यकारी निर्देशक डा देजकुमार गौतमलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

अस्पतालले प्रशासनिक भवन पछाडिको खाली जमिनमा पार्क बनाउने जनाएको छ । बिरामी र कुरुवालाई लक्षित गरी पार्क बनाउन लागिएको हो ।

नागरिक लगानी कोषका बचतकर्ताले पाउने ब्याज बढ्यो, थप १.५ प्रतिशत प्रतिफल पाउने Read Previous

नागरिक लगानी कोषका बचतकर्ताले पाउने ब्याज बढ्यो, थप १.५ प्रतिशत प्रतिफल पाउने

नेपाल र पाकिस्तानमा श्रीलंकाको जस्तै आर्थिक संकट आयो भने थेग्न सक्लान ? Read Next

नेपाल र पाकिस्तानमा श्रीलंकाको जस्तै आर्थिक संकट आयो भने थेग्न सक्लान ?