नागरिक लगानी कोषका बचतकर्ताले पाउने ब्याज बढ्यो, थप १.५ प्रतिशत प्रतिफल पाउने

काठमाडौं । नागरिक लगानी कोषद्वारा संचालित विभिन्न कार्यक्रमका सहभागीहरुलाई प्रदान गरिने ब्याजदरमा वृद्धि गरिएको छ ।

२०७९ साउन १ देखि लागू हुने गरी कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरुलाई वार्षिक ८ प्रतिशतका दरले ब्याज रकम प्रदान गरिने भएको छ ।

यस अघि कोषले यसै कार्यक्रमका ३ लाखभन्दा बढी सहभागीहरुलाई २०७७ असारको नाफाबाट १.५ प्रतिशत थप प्रतिफल दिने निर्णय गरेको थियो ।

त्यसैगरी कोषद्वारा संचालित उपदान, लगानीकर्ता र नार्क बीमा कार्यक्रममा पनि १.५ प्रतिशतका दरले थप प्रतिफल दिने निर्णय गरेको छ । यस्तो प्रतिफल २०७८ असार मसान्तमा मौज्दात रहेको रकमलाई आधार मानी प्रदान गरिने छ ।

उक्त अवधिमा यी कार्यक्रममा कायम रहेका सबै सहभागीहरुको कोषमा रहेको खातामा कोषको साधारण सभा सम्पन्न भए पछी जम्मा गरिने व्यवस्था मिलाइएको छ ।

कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार उपदान तथा लगानीकर्ता कार्यक्रममा सम्बन्धित कार्यालयको शिफारिसमा व्यक्तिगत खाता खोलिएको भए व्यक्तिगत खातामा उक्त प्रतिफल राख्ने र व्यक्तिगत खाता नखोलिएको भए सम्बन्धित कार्यालयको खातामा उक्त प्रतिफाल राख्ने व्यवस्था कोषले गरेको छ ।

यस्तो प्रतिफल उपदान कार्यक्रममा ४० करोड ५० लाख रुपैयाँ र लगानीकर्ता कार्यक्रममा १० करोड ६२ लाख रुपैयाँ गरी ५१ करोड १२ लाख रुपैयाँ प्रदान गर्नुपर्ने हुन आउँछ ।

 

जर्मनी ग्यास पठाउने ‘बाल्टिक सागर पाइपलान’ रुसले १० दिन बन्द गर्दिने Read Previous

जर्मनी ग्यास पठाउने ‘बाल्टिक सागर पाइपलान’ रुसले १० दिन बन्द गर्दिने

कृषि विकास बैंकद्वारा पार्क बनाउन १५ लाख सहयोग सहयोग Read Next

कृषि विकास बैंकद्वारा पार्क बनाउन १५ लाख सहयोग सहयोग