नबिल बैंकसहित थप ७ संस्थाले पाए बुक बिल्डिङमा भाग लिन पाउने अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ७ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ता (क्यूआइआइ)को रूपमा काम गर्न अनुमति दिएको छ । सेबोनको नियमन तथा व्यवस्थापन विभागले असार २२ गते थप ७ संस्थाहरूलाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको हो ।

बोर्डबाट क्यूआइआइको मान्यता पाउने संस्थाहरूमा नबिल बैंक, एशियन लाइफ इन्स्योरेन्स, मेगा म्युचुअल फण्ड, एनआइसी एशिया सेलेक्ट ३०, एनआइसी एशिया फ्येक्सी क्याप फण्ड, सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज ब्लूचिप फण्ड रहेका छन् ।

बोर्डबाट अनुमति पाएसँगै अब यी कम्पनीहरूले बुक बिल्डिङ विधिबाट जारी हुने कुनै पनि कम्पनीको प्राथमिक सेयर निष्काशनमा मूल्य निर्धारण प्रक्रियामा भाग लिन पाउने छन् । साथै, संस्थागत लगानीकर्ताका रूपमा समेत सेयर किनबेच गर्न पाउने छन्।

यी ७ सहित बोर्डबाट योग्य संस्थागत लगानीकर्ताको स्वीकृति पाउने कम्पनीको संख्या ११६ पुगेको छ । यसअघि १०९ कम्पनीले विभिन्न मितिमा योग्य संस्थागत लगानीकर्ताको मान्यता पाएका थिए ।

 

अदालतको आदेशले रोकियो चितवनबाट लाइसेन्स वितरण प्रक्रिया Read Previous

अदालतको आदेशले रोकियो चितवनबाट लाइसेन्स वितरण प्रक्रिया

बजेट खर्चकाे बाढीसँगै तरलतामा सहज,एकैदिन थुप्रियाे १४ अर्बसम्म Read Next

बजेट खर्चकाे बाढीसँगै तरलतामा सहज,एकैदिन थुप्रियाे १४ अर्बसम्म