अप्पर सोलु हाइड्रोको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको प्राथमिक साधारण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले असार २० गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले विक्रीमा ल्याएको १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आइपीओमा आवेदन दिने अन्तिम दिन हो ।

निष्काशित भएको कुल सेयरमध्ये ३९ हजार १५० कित्ता कम्पनीका कर्मचारी र ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन्। यसका साथै मेरो शेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ।

कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको आइपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपाले इक्राएनपी आइआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको बताउँछ।

हवाई भाडा बढ्यो, कुन गन्तव्यको कति पुग्यो ? Read Previous

हवाई भाडा बढ्यो, कुन गन्तव्यको कति पुग्यो ?

ईभीमा चिनियाँ कम्पनीको वर्चश्व बढ्दै, टेस्लालाई उछिन्दै बीवाइडी बन्यो विश्वमै धेरै कार बेच्ने कम्पनी Read Next

ईभीमा चिनियाँ कम्पनीको वर्चश्व बढ्दै, टेस्लालाई उछिन्दै बीवाइडी बन्यो विश्वमै धेरै कार बेच्ने कम्पनी