हिमालयन र सिभिल बैंक मर्जर सम्झौताको तयारीमा

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंक मर्जर सम्झौताको तयारीमा जुटेका छन् । दुवै बैंकको मर्जर समितिले सम्झौताको लागि अन्तिम छलफल गरिरहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्झौता भाँडिएपछि नेपाल राष्ट्र्र बैंकको कारबाहीमा परेको हिमालयन बैंक मर्जर पार्टनरको खोजिमा थियो । हिमालयन बैंकले मर्जरका लागि सिभिल बैंकसँग आन्तिरिक रुपमा केही समय अघिदेखि नै छलफल गरिरहेको थियो ।

अब दुवै बैंक छिट्टै मर्जरका लागि सम्झौत पत्रमा हस्ताक्षर गर्ने भएका हुन् । दुवै बैंकको मर्जर कमिटी बीच १००ः८१ को स्वाप रेसियोमा मर्ज गर्ने सहमति भएको छ ।

राष्ट्र्र बैंकले चालु आर्थिक वर्षभित्र मर्जरमा जाने बैंकहरुलाई छुट को सुुविधा कायम रहने बताएको छ । आगामी आवको मौद्रीक नीति मार्फत मर्जर सुविधा हटाउने राष्ट्र बैंकका अधिकारीहरुको संकेतपछि बैंकहरु मर्जर सहमतिका लागि पार्टनरको खोजीमा छन् ।

अब ३ वर्गका ब्रोकर हुने, कुनले के काम गर्न पाउँछन् ? Read Previous

अब ३ वर्गका ब्रोकर हुने, कुनले के काम गर्न पाउँछन् ?

नागढुंगा-नौबिसे सुरुङ खन्ने काम ५६ प्रतिशत सकियो, अब कति मिटर बाँकी छ ? Read Next

नागढुंगा-नौबिसे सुरुङ खन्ने काम ५६ प्रतिशत सकियो, अब कति मिटर बाँकी छ ?