बैंकिङ प्रणालीमा एक सातामै थपियो ३४ अर्ब निक्षेप

काठमाडौं । वाणिज्य बैंकहरुमा पछिल्लो एक सातामै ३४ अर्ब निक्षेप थपिएको छ । चरम तरलता अभाव झेलिरहेका बैंकहरुमा असार तेस्रो साता ३४ अर्ब निक्षेप थपिएको हो ।

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार असार १० गतेदेखि १७ गतेको अवधिमा बैंकिङ प्रणालीमा उक्त निक्षेप थपिएको हो ।

असार १० गतेसम्म ४३ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप रहेकोमा असार १७ गतेसम्ममा ३४ अर्ब बढेर ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ ।

असार लागेपछि बैंकहरुको कर्जा प्रवाह भने ९ अर्ब रुपैयाँले घटेको छ । जेठ मसान्तसम्ममा बैंकहरुले ४१ खर्ब ९३ अर्ब रुपैयाँ कर्जाप्रवाह गरेकोमा असार १७ गतेसम्म घटेर ४१ खर्ब ८४ अर्ब रुपैयाँमा आइपुगेको छ ।

पिपुल्स पावरको आइपीओ भर्ने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ? Read Previous

पिपुल्स पावरको आइपीओ भर्ने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

यी १० वस्तुको आयात रोके मात्रै घटाउन सकिन्छ डेढ खर्ब व्यापार घाटा Read Next

यी १० वस्तुको आयात रोके मात्रै घटाउन सकिन्छ डेढ खर्ब व्यापार घाटा