धरानमा बन्ने सुरुङमार्गको डिजाइन तयार

काठमाडौं । धरान–लेउती सुरुङमार्गको डिजाइन तयार भएको छ । चालु आर्थिक वर्षको बजेटमा धरान–लेउती सुरुङ निर्माण गर्न बजेट व्यवस्था गरिएको थियो । ४.९ किलोमिटर उक्त सुरुङ निर्माण गर्न १३ अर्ब रुपैयाँ बजेटसमेत विनियोजन गरिएको थियो ।

उक्त सुरुङ निर्माणका लागि १३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । यस सुरुङको पहिलो चरणको सम्भाव्यता अध्ययन टीएमएस ई माभेन रे कन्सल्ट जेभीले गरेको थियो । सडक विभाग अन्तर्गत रहेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजन इन्जिनियर सौरभ बज्राचार्यले यस सुरुङको डिजाइन पुरा भइसकेको बताए ।

उनले डिजाइन समेत तयार भइसकेकोले चाँडै थप एक तहको अध्ययन गर्नको लागि नयाँ टेन्डर आह्वान गर्ने तयारी भइरहेको बताए । आगामी आर्थिक वर्षभित्र सम्भाव्यता अध्ययन सक्ने लक्ष्य रहेको उनको भनाइ छ ।

सुरुङ निर्माणलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउँदै बज्राचार्यले भने, ‘यसको डिजाइन बनिसक्यो, अब थप अध्ययनको काम अगाडि बढेको छ । अध्ययन पुरा भएसँगै निर्माणको काम सुरु हुन्छ ।’

सुरुङमार्ग निर्माणमा उच्च लागत र प्रविधि आवश्यक पर्छ । एक किलोमिटर सुरुङमार्ग बनाउन न्यूनतम ३ अर्ब हाराहारीमा खर्च लाग्ने इन्जिनियरहरु बताउँछन् ।

फेरि बढ्याे पेट्रोलियम पदार्थको मूल्य,कति पुग्याे प्रतिलिटर ? Read Previous

फेरि बढ्याे पेट्रोलियम पदार्थको मूल्य,कति पुग्याे प्रतिलिटर ?

राप्ती हाइड्रोको आइपीओ निष्कासन २९ गतेदेखि Read Next

राप्ती हाइड्रोको आइपीओ निष्कासन २९ गतेदेखि