राप्ती हाइड्रोको आइपीओ निष्कासन २९ गतेदेखि

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार २९ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता शेयर निष्काशन गर्ने भएको हो।

सोमध्ये ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ। बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताहरुले न्यूनतम १० कित्ता शेयर खरिदका तथा अधिकतम २१ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निष्काशन छिटोमा साउन १ गते बन्दहुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद साउन ११ गतेसम्म रहनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन्। यसका साथै मेरो शेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर बी रेटिङ्ग प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

धरानमा बन्ने सुरुङमार्गको डिजाइन तयार Read Previous

धरानमा बन्ने सुरुङमार्गको डिजाइन तयार

दुई पाङ्ग्रेलाई पाँच र चार पाङ्ग्रेलाई २० लिटर इन्धन दिन निगमको प्रस्ताव Read Next

दुई पाङ्ग्रेलाई पाँच र चार पाङ्ग्रेलाई २० लिटर इन्धन दिन निगमको प्रस्ताव