मकै पोल्ने गाडा र शोसल मिडियाको ताकत

काठमाडौं । सडक किनारमा राखेर मकै पोल्ने गाडाले सोसल मिडियाको ध्यान यति धेरै तान्न सक्छ भन्ने कमैले सोचेका थिए होलान। सोचोस् पनि कसरी, सडक पेटीमा राखिएका गाडा खोस्ने काम महानगर प्रहरीको नियमित जस्तै बनेको थियो ।

सडक किनारामा रहेका अव्यवस्थित व्यापार र बजार बन्द गराउदै आएको प्रहरीले अहिले पनि सोही काम गरेको हो । हुनत्, यहाँ सोसल मिडियाले गुम्नाम मानिसहरु अपत्यारीलो रुपमा चार्चाको शिखरमा पूर्याएको हामीले देखैकै छौं ।

केही त यस्ता पात्रहरु पनि छन् जो ‘सोसल मिडियाबाटै उचालिन्छन, यहीँ थचारीन्छन्’ । यहाँ एउटा उखान पनि निकै चर्चित छ, ‘नाम होस् बदनाम होस् तर गुम्नाम नहोस्’ यस्तै टाइपका ।

यो पङत्ती तिनलाई भन्न खोजिएको होइन्, जो कर्म र मिहिनेतले जीवन बाँच्न संघर्ष गरिरहेका छन् । यो पात्रहरुका लागि हो, जो केबल ‘भाइरल’ हुनकै लागि अनेकन तिकडम रचिरहन्छन् । फेरि सवाल यो उठ्छ कि, ‘यस्तालाई भाइरल बनाउने हामी कस्ता ?’

‘समाज रुपान्तरणको अभियानमा लाग्नु छ भने सुरु आफैबाट गर्नुपर्छ्’भन्ने विश्वव्यापी सिद्धान्त विपरित हामी रुपान्तरित समाज देख्नै नसक्ने अवस्थामा पुगेका हौं कि भन्ने भान हुन थालेको छ ।

खैर, त्योभन्दा पनि वृहत्तर सामाजिक चरित्रको निर्माण कस्तो भइरहेको छ र हुँदै छ भन्ने मुख्य सवाल हो । यहाँ समाजिक संस्कार पनि यस्तो बन्दैगएको छ कि ‘रमिते र नौट्ङकी’ । आफ्नो जिम्मेवारी बहन गर्न कोही तयार हुँदैन् । कर्तव्य विनाको अधिकारको खोजिमा छौं सबै ।

अहिले सोसल मिडियामा प्रहरीले ठेलागाडा खोसेका ति मकै पोल्ने दुई बुढा–बुढीको कारुणीक कथा चर्चामा छ । कसैले हाँसो सहित नगर प्रहरीले खोसेको गाडा ट्रकमा लोड गर्न लागेको देखाएका छन् भने कसैले रोदन सहितको संगितमा टिकटक बनाएका छन् ।

एउटा सामान्य मानिस, जो राज्यको नीति र नियम मानेर व्यवसाय गर्छ वा व्यवस्थित स्थानमा बसेर काम गर्छ उसले अहिलेको घटनालाई कसरी बुझ्ने भन्ने कुरा प्रधान भएको छ ।

यदि कुनै ब्यक्तिले निश्चित स्थानमा सटर भाडामा लिएर वा राज्यले तोेकेको स्थानमा बसेर काम गर्दा केही रकम भाडा वापत तिर्नु पर्छ । तर, यसरी सडक किनारमा बसेर व्यापार गर्दा रकम तिर्नु नपर्ने, सरसफाई पनि गर्नु नपर्ने भएकै कारण धेरैको रोजाइ सडक फुटपाथ पर्दै आएको छ । यही विषयलाई भुसको आगो जस्तै सल्काउन सोसल मिडिया काफी छ ।

काठमाडौं यति उदार र विभेदकारी छ कि यसलाई छुट्टाउन सामान्य आँखाले सकिदैन । यो सहरले हरेक मानिसलाई अवसरसँगै चुनौती दिन्छ । त्यो अवसरलाई उपभोग गर्नेले फाइदा उठाउँछन् भने चुनौती समना गर्दै थाक्नेहरु यही अस्थाउँछन् ।

‘समाज रुपान्तरणको अभियानमा लाग्नु छ भने सुरु आफैबाट गर्नुपर्छ्’भन्ने विश्वव्यापी सिद्धान्त विपरित हामी रुपान्तरित समाज देख्नै नसक्ने अवस्थामा पुगेका हौं कि भन्ने भान हुन थालेको छ ।

घर अगाडि फोहोरको थुप्रो लगाउने र आफैँ फोटो खिचेर नगरपालिकाले फोर उठाएन भनेर सोसल मिडियामा आफैँले फालेको फोहोरको तस्वीर राखेर लाइक र कमेन्ट खोज्ने समाज सुधारको लागि ‘एक पटक पशुपतिनाथको ढोका खोलेर स्वयंम भगवान शिव बाहिर आउनु पर्ने देखिन्छ ।’

‘सम्भवत पशुपतिनाथ मन्दिरबाट भगवान शिव निस्कनु भयो’ भने पनि ट्वीटे, युट्युबे,फेसबुके र टिकटके मिलेर उहाँलाई दिग्भ्रमित बनाउने छन् । ‘भगवान शिव आफ्नो काम विर्षेर त्यसमै रमाउने छन्’ र हाम्रो समाज सुधारको अभियान त्यही रोकिने हो कि भन्ने डर पैदा हुन थालेको छ ।

सोसल मिडियाले नराम्रा कामलाई मात्रै बाहिर ल्याउँछ भन्ने छैन र कति राम्रा कामलाई पनि पछाडि धकेलेका उदाहरण छन् । यहाँ त्यो भन्दा पनि सडकको प्रयोग कसरी गर्ने भन्ने विषयमा चर्चा गर्न खोजिएको हो ।

अहिले गाडामा राखेर मकै विक्री गर्ने आचार्य दम्पती सबैको वाल र आँखामा छन् । उनीहरुलाई आर्थिक सहयोग गर्न समाजसेवी, नेता–कार्यकतादेखि समाजको हरेक तप्का अगाडि बढेको देखिन्छ ।

काठमाडौं यति उदार र विभेदकारी छ कि यसलाई छुट्टाउन सामान्य आँखाले सकिदैन । यो सहरले हरेक मानिसलाई अवसरसँगै चुनौती दिन्छ । त्यो अवसरलाई उपभोग गर्नेले फाइदा उठाउँछन् भने चुनौती सामना गर्दै थाक्नेहरु यही अस्थाउँछन् ।

काठमाडौंलाई आवश्यक विषय के हो ? त्यसमा ध्यान दिनुपर्छ । तर, सडक र सोसल मिडिया काठमाडौंको पक्षमा छैन । गाडामा व्यापार गर्नेको पक्षमा छ । यसले प्रवाह गर्ने संदेशले सामाजिक विचलन ल्याउँछ ।

अनेकन सपना र आकांक्षाको भारीबोकेर आउनेहरुको विश्रय स्थल बनेको छ यो सहर । सम्पन्नदेखि विपन्न, जीवनको सुनौलो उज्यालो ज्योती खोज्नेदेखि अध्यारो रातको पर्खाइमा बस्नेहरु कत्ति छन् कत्ति ।

त्यसैले त काठमाडौं हरेक तह र तप्काको पहिलो रोजाईको सहर हो । त्यसमा पनि माओवादी सुप्रीमोले कुनै बेला भने जस्तो ‘सुकिला मुकिलाको सहर’ले हामीलाई बदनाम गर्न खोज्यो । हो त्यो बदनाम गराउने सहर काठमाडौं नै हो ।

भावना, आवेग, उत्तेजना जस्ता शब्द सुन्दा निकै कर्ण प्रिय वा रौद्ररुप उच्चारण गर्ने किसिमका लाग्छन् । यी कुरा भएन भने एउटा सहर जिवन्त रहन सक्दैन । यही कुराको भावलाई जिवन्त राख्न शोसल मिडियाले गर्ने हरेक टिप्पणी नै काफी हुने दिन आउन लाग्यो ।

बालेन शाह काठमाडौंका मेयर छन् । उनले काठमाडौंलाई एउटा नयाँ गन्तब्यमा लाने योजना सुनाए । उनको योजनामा महानगरवासी सहमत भए । उनलाई भोट दिए ।

कुनै स्पष्ट दृष्टिकोण विनाका गन्थन र बहसले सामाजिक संरचनामा अस्थिर संस्कारको विजारोपण गरिरहेको छ । यहाँ धरातलीय यर्थाथ विनाको सबैलाई आधुनिक बन्नु छ ।

आज काठमाडौंको सडकमा अराजकता सृजना गर्ने हरेक नागरिकले काठमाडौंको माग बुझ्न सक्नुपर्छ । काठमाडौंलाई आवश्यक विषय के हो ? त्यसमा ध्यान दिनुपर्छ । तर, सडक र सोसल मिडिया काठमाडौंको पक्षमा छैन ।

गाडामा व्यापार गर्नेको पक्षमा छ । यसले प्रवाह गर्ने संदेशले सामाजिक विचलन ल्याउँछ । त्यसैले, शोसल मिडियामा बहस भएका विषयकै भरमा काठमाडौं कस्तो बनाउने भन्ने धारण बनाउनु उपयुक्त हुँदैन ।

यहाँको रितीथिति, संस्कृति र परम्परालाई जिवन्त राख्न कस्तो किसिमको योजना सहि हुन्छ ? काठमाडौंवासीसँग सल्लाह गरेर योजना निर्माण गर्नुपर्छ । जहाँसम्म गाडाको विषय छ, काठमाडौंका केही स्थानमा समय तोकेर गाडामा ब्यापार गर्न दिने हो भने सहरमा आफ्नो भाग्य परिवर्तन गर्न आउनेहरुको जिविका चल्ने थियो ।

कुनै स्पष्ट दृष्टिकोण विनाका गन्थन र बहसले सामाजिक संरचनामा अस्थिर संस्कारको विजारोपण गरिरहेको छ । यहाँ धरातलीय यर्थाथ विनाको सबैलाई आधुनिक बन्नु छ । स्मरण रहोस्, संस्कार जाती, धर्म वा सम्प्रदाय विशेषका लागि मात्र होइन मानवीय कर्तव्य बोधको उच्चतम नमुना हो ।

श्रीलङकाको अर्थसंकटः अस्तव्यस्त दैनिकी,गाडीमा तेल हाल्न कयौं दिनदेखि लाइनमा Read Previous

श्रीलङकाको अर्थसंकटः अस्तव्यस्त दैनिकी,गाडीमा तेल हाल्न कयौं दिनदेखि लाइनमा

नागरिक लगानी कोषको कर्मचारी बचत वृद्धि अवकास योजना कर्पोरेट पेबाटै Read Next

नागरिक लगानी कोषको कर्मचारी बचत वृद्धि अवकास योजना कर्पोरेट पेबाटै