काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ह्याङ्गर हब निर्माण गरिने भएको छ । ह्याङ्गर हब निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले ४ अर्ब रुपैयाँ खर्च गर्न लागेको हो ।
भदौबाट सुरु गरिने ह्याङ्गर हबको निर्माण सम्पन्न हुन तीन वर्ष लाग्ने जनाइएको छ । ह्याङ्गर हब निर्माणका लागि चिनियाँ निर्माता कम्पनी सीसीइसीसी केडिएन एयरपोर्ट इन्जिनियरिङ जेभीलाई ठेक्का दिइएको प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार हाल संचालित नेपाल वायुसेवा निगम र नेपाली सेनाको ह्याङ्गर स्थान्तरणका लागि चिनियाँ निर्माता कम्पनीलाई ठेक्का दिइएको छ ।
विमानस्थलको पुर्वतर्फ हेलिकप्टर पार्किङका रुपमा प्रयोग गरिएको जग्गामा सेना र निगमको ह्याङ्गर स्थानान्तरण गर्न लागिएको उनले बताए ।