काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आजदेखि साधारण सेयर (आईपीओ)निष्काशन गरेको छ । कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँकादरले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले कुल १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको छ । सोमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको छ ।
बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि र अधिकतम १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन्। यसका साथै मेरो शेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ।
कम्पनीका अनुसार निष्काशन बन्द छिटोमा असार २३ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद साउन २ गतेसम्म कायम गरीनेछ।
यस कम्पनीलाई रेटिङ्ग एजेन्सी इक्रा नेपाले इक्राएनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको बताउँछ।