घरजग्गा करमा १० प्रतिशत छुट दिदै महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले घरजग्गा करमा छुट दिने भएको छ । महानगरपालिकाले २०७९/८० को असोज मसान्तसम्म घरजग्गा करमा १० प्रतिशत छुट्को व्यवस्था गरेको हो ।

यस्तै, महानगरपालिकाले कोभिडको प्रभावलाई मध्यनगर गरेर होटल, रिसोर्ट वा चलचित्र घरको नाममा घरजग्गा भएका वा लिजमा लिएकाहरुलाई आर्थिक वर्ष २०७८/०७९ सम्मको कर चुक्ता गरेमा आगामी आर्थिक वर्ष २०७९/०८० को करमा ४० प्रतिशत छुट दिइने समेत घोषणा गरेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेनद्र शाह (बालेन) ले ११ औं नगर सभामा यस्तो घोषणा गरेका हुन् । उनले चालु आर्थिक वर्षभित्रको सबै कर चुक्ता गर्न आवहान गर्दै छुटको सुविधा लिन आग्रह गरेका छन् ।

चालु आवमा महानगरपालिकालेले कुल ८० करोड रुपैयाँ राजश्व घरजग्गा करबाट संकलन गर्ने लक्ष्य राखेको थियो । हालसम्म महानगरले ७५ करोड रुपैयाँ राजश्व संकलन गरिसकेको महानगर अन्तर्गतको राजश्व विभागका प्रमुख शिव अधिकारीले जानकारी दिए ।

उनका अनुसार छुटको व्यवस्था आगामी आर्थिक वर्षबाट मात्र कार्यान्वयन हुने छ । उनले उक्त छुटका लागि चालु आवसम्मका सबै राजश्व चुक्ता गर्नुपर्ने बताए ।

‘छुट आगामी आर्थिक वर्षबाट कार्यान्वयनमा आउने छ, चालु आवसम्मको सबै कर चुक्ता गरेकाले मात्र यो छुट उपभोग गर्न पाउने छन्,’ उनले चाणक्यपोष्टसँग भने ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ह्यङ्गर हब बनाउन ४ अर्ब खर्च गदै प्राधिकरण Read Previous

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ह्यङ्गर हब बनाउन ४ अर्ब खर्च गदै प्राधिकरण

पुनर्कर्जा सुविधालाई निरन्तरता दिन निर्यात व्यवसायी महासङ्घको माग Read Next

पुनर्कर्जा सुविधालाई निरन्तरता दिन निर्यात व्यवसायी महासङ्घको माग