सिटिजन्स बैंकले ल्यायो ३ शाखा संञ्चालनमा

काठमाडौं । सिटिजन बैंकले ३ वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ । बैंकले १७५औं, १७६औं तथा १७७औं शाखा काठमाण्डांैको ठूलो भ¥याङ्ग, थली र बुढानिलकण्ठमा संञ्चालनमा ल्याएको हो ।

यससंगै काठमाण्डांै उपत्यका भित्र यस बैंकको ३२ वटा शाखाहरु संचालनमा रहेका छन् । यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

साथै ग्राहकहरुको वित्तीय आवश्यकताहरु सरल र सहज तवरले प्रवाह होस् भन्ने अभिप्रायका साथ बैंकले हालसालै काठमाडौंको नारायण गोपाल चोक शाखा, नवलपरासीको अमरापुरी शाखा, रुपन्देहीको बाँसगढी शाखा र हुम्ला जिल्लाको सिमिकोट शाखा गरी ४ वटा शाखा स्थानान्तरण गर्ने कार्य समेत सम्पन्न गरेको जनाएको छ ।

फ्लाईओभरको अधुरो सपना, एक दशकदेखि चुनावी खपत Read Previous

फ्लाईओभरको अधुरो सपना, एक दशकदेखि चुनावी खपत

मेयर बालेन शाहलाई काठमाडौंका सडकमा सुधार गर्नु पर्ने यी १० चुनौती Read Next

मेयर बालेन शाहलाई काठमाडौंका सडकमा सुधार गर्नु पर्ने यी १० चुनौती