काठमाडौं । चालु आर्थिक वर्षमा काठमाडौं महानगरपालिकाले १६.५२ किलोमिटर सडक कालोपत्रे भएको छ । सो अवधिमा १.९८ किलोमिटर सडक ढलान गरेको महानगरले जनाएको छ ।
महानगरले असारदेखि हालसम्म ७१८ वर्गमिटर ढुंगा छाप्ने कार्य गरेको छ । ४.३९ कि.मी. ब्लक छाप्ने कार्य, ३.८७ कि.मी. ढल राख्ने कार्य र १.७६ कि.मी. रिटेनिङ्गवालको निर्माण कार्य सम्पन्न भएको छ ।
बल्खु, सामाखुशी, करखुसी खोलाहरुमा ३६० मीटर तटबन्ध निर्माण गरिएको छ । विष्णुमती नदी किनाराको जग्गा संरक्षण गरी हरियाली प्रवर्धन गरिएको छ ।
चालु आर्थिक वर्ष २०७८÷७९ का लागि २ अर्ब ५७ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । निर्माणका क्रममा चालु आवमा ७२ करोड ५२ लाख रुपैयाँ खर्च भएको महानगरले जानकारी दिएको छ । उक्त रकम बजेटको २८ प्रतिशत मात्र रहेको छ ।