काठमाडौं । सेञ्चुरी बैंकका ग्रहाकले सिद्धार्थनगर सिटी अस्पतालमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । सेञ्चुरी कमर्सियल बैंक भैरहवा शाखा र सिद्धार्थनगर सिटी अस्पताल बीच कर्मचारी तथा ग्रहाकको उपचार सेवाको विषयमा शुक्र्रबार सम्झौता भएको हो ।
बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ्ग प्रयोगकर्ता, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई सिद्धार्थनगर सिटी अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको बैंकले जनाएको छ ।
ओपिडी टिकट, ल्याव शुल्क, एक्सरे, भिडियो एक्सरे, बेड चार्ज जेनेरल, फिजियो थेरापीमा १० प्रतिशत र बेड÷क्याविन चार्जमा ५ प्रतिशत छुट दिने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा सिद्धार्थनगर सिटी अस्पतालका तर्फबाट प्रवन्ध निर्देशक अर्जुन पौडेलज्यूू र बैंकको तर्फबाट भैरहवा शाखा प्रमुख प्रकाश गौतमज्यूूले हस्ताक्षर गरे ।