मेगा बैंकद्धारा ११.७५ प्रतिशत लाभांश दिने घोषणा

काठमाडौं । मेगा बैंक नेपालले गत आर्थिक वर्ष मुनाफाबाट सेयरधनीलाई ११.७५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।

 

सञ्चालक समितिको असोज ८ गते बसेको २६२ औं बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट कर सहित १ अर्ब २२ करोड रुपैयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको हो।

 

यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ३.९० प्रतिशतले बढी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा प्रतिशत १ बोनस शेयर र ६.८५ प्रतिशत नगद गरि कूल ७.८५ प्रतिशत लाभांश वितरण गरेको थियो।

 

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र सेयरधनीले पाउनेछन्।

 

 

बैंकको सफ्टवेयर ह्याक प्रकरण : एक कल फोनले जोगायो ५ अर्ब लुटिनबाट Read Previous

बैंकको सफ्टवेयर ह्याक प्रकरण : एक कल फोनले जोगायो ५ अर्ब लुटिनबाट

सरकारी सहुलियत पसलमाभन्दा सस्तो मूल्यमा सामान बेच्दै बिगमार्ट Read Next

सरकारी सहुलियत पसलमाभन्दा सस्तो मूल्यमा सामान बेच्दै बिगमार्ट