महानगरको पार्क मोहः२५ निमार्ण सम्पन्न,२२ बन्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ वटा पार्क निर्माणको काम सम्पन्न गरेको छ । थप २२ वटा पार्कहरु निर्माणाधिन अवस्थामा रहेका छन् ।

महानगरको पूर्वाधार विकास शाखाका अनुसार चालु आवमा काठमाडौंका ३२ वडामा बन्दै गरेका पार्कहरु मध्ये २५ पार्कहरुको निर्माण सम्पन्न गरिएको हो ।

महानगरपालिका क्षेत्रभित्र रहेको सार्वजनिक जग्गामा उक्त पार्कहरु निर्माण भएका हुन् । पूर्वाधार शाखा प्रमुख राम थापाले विभिन्न स्थानमा रहेका खाली जग्गालाई पार्कको रुपमा विकास गरिएको बताए ।

‘अहिलेसम्म २५ वटा पार्क निर्माण भइसक्यो, असार भित्र थप पार्क पुरा हुन्छन्, अन्य बाँकी रहेका २२ वटा पार्क आगामी आर्थिक वर्षमा पुरा हुने छ,’ प्रमुख थापाले चाणक्य पोष्टसँग भने , ‘कुलेश्वर आवास भित्र १४ वटा पार्क बनाइसकेका छाँै । आवाश क्षेत्रभित्र खाली रहेका ठाउँमा पार्कको रुपमा विकास गरेका हौँ । ४ नम्बर वडामा व्यक्तिहरुले ओगटेर राखेका स्थानमा ४ वटा पार्क बनाएका छाँै । धुम्बराही क्षेत्रमा यी पार्कहरु बनेका हुन् ।’

१४ नमबर वडामा ८ वटा , ४ वटा ४ नं वडामा, ३ वटा ७ नम्बरमा, ६ नम्बरमा १, ११ नम्बार वडामा १, १५ नं वडामा २ वटा, ३ नम्बर वडामा १ वटा पार्कको निर्माण सम्पन्न भएको छ । ३१ नम्बर वडामा २ वटा पार्क सम्पन्न भएको महानगरले जनाएको छ ।

२ नम्बर वडाको कपुर धारामा, रानीबारीमा एउटा पार्क र एउटा १८ नम्बर वडामा पार्क निमार्ण सम्पन्न भएका हुन् । थापाका अनुसार यो असार महिना भित्र अझै केही पार्कहरु सम्पन्न हुने तयारीमा रहेका छन् ।

केही अन्तिम चरणमा छन् । २२ वटा पार्क निर्माणाधिन अवस्थामा छन् । ती सबै आगामी आर्थिक वर्षमा सम्पन्न हुने महानगरले जनाएको छ । महानगरका अनुसार चालु आर्थिक वर्षमा पार्क निर्माणका १० करोड रुपैयाँ हाराहारीमा खर्च भएको छ ।

यस वर्ष महानगरपालिकाले पार्क निर्माणका लागि ८० करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो । सो रकम मध्ये १४ प्रतिशत बजेट मात्र खर्च भएको हो ।

नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले सम्हाले कार्यभार Read Previous

नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले सम्हाले कार्यभार

सेयर बजारमा गिरावट, यी कम्पनीको मूल्य सकारात्मक सर्किट Read Next

सेयर बजारमा गिरावट, यी कम्पनीको मूल्य सकारात्मक सर्किट