सेयर बजारमा गिरावट, यी कम्पनीको मूल्य सकारात्मक सर्किट

काठमाडौं । शुक्रबार सेयर बजारमा सामान्य गिरावट आएको छ । बिहिबार दोहोरो अंकले बढेको बजार साताको अन्तिम दिन भने ओरालो लागेको हो ।

आइतबार उच्च अंकले बढेको बजार दोस्रो र तेस्रो दिन घटेको थियो भने बुधबार फेरि दोहोरो अंकले बढेको थियो । आज नेप्से ८.८७ अंकले घटेर २०२८.७७ को बिन्दुमा रोकिएको हो ।

यसदिन २२० कम्पनीको २८ हजार ८६४ पटकको कारोबारमा ३६ लाख ६३ हजार ११० कित्ता सेयर किनबेच भएको छ । नेप्सेका अनुसार बिहिबार १ अर्ब ४५ करोड ९३ लाख १ हजार ३८८ रुपैयाँ बराबरको सेयर कारोबर भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ट्रेडिङ, फाइनान्स र माइक्र्रोफाइनान्स बाहेक सबैको सेयर मूल्य घटेको छ । ट्रेडिङको १.३९, फाइनान्सको ०.४६ र माइक्रोफाइनान्सको ०.६६ प्रतिशतले बढेको छ ।

यसदिन सबैभन्दा धेरै गुमाउनेमा विकास बैंकका लगानीकर्ता रहेका छन् । सो समूहको १.३९ प्रतिशत सेयर मूल्य घटेको छ । सबैभन्दा धेरै ट्रेडिङ समूहका लगानीकर्ताले कमाएका छन् ।

आज सबैभन्दा धेरै कारोबार हुनेमा शिवम् सिमेन्ट रहेको छ । यस कम्पनीको ५ करोड भन्दा बढीको कारोबार भएको छ । यसैगरी,एसियन लाइृफको पनि ५ करोड बढीले सेयर कारोबार भएबको छ ।

नेपाल रिइन्स्योरेन्स कम्पनी,हिमालयन डिष्ट्र्रीलरी र एनआइसी एसिया बैंकको ४ करोड बढीको कारोबार भएको छ । यसदिन २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आँधी खोला लघुवित्त वित्तीय संस्था,सिवाइसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९९ प््रतिशतले कमाएका छन् ।

महानगरको पार्क मोहः२५ निमार्ण सम्पन्न,२२ बन्दै Read Previous

महानगरको पार्क मोहः२५ निमार्ण सम्पन्न,२२ बन्दै

दैनिक ३६४ मेगावाट बराबरको बिजुली भारत निर्यात, १ महिनामा एक अर्ब ७२ करोड आम्दानी Read Next

दैनिक ३६४ मेगावाट बराबरको बिजुली भारत निर्यात, १ महिनामा एक अर्ब ७२ करोड आम्दानी