नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले सम्हाले कार्यभार

काठमाडौं । ज्ञानेन्द्र ढुंगानाले नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)को कार्यभार सम्हालेका छन् । यसअघि नेपाल बंगलादेश बैंकको सीईओ रहेका ढुंगानाले शुक्रबार नबिल बैंकको सीइओको कार्यभार सम्हालेका हुन् ।

एनबी बैंकलाई नबिल बैंकले १००ः४३ स्वाप रेसियोमा प्राप्ति गरेपछि ढुंगाना नबिल बैंकका सीइओमा नियुक्त भएका हुन् । बंगलादेश बैंकको सेयर नबिल बैंकका संञ्चालक विनोद चौधरीले खरिद गरेसँगै एकिकृत कारोबारको तयारीमा छन् ।

यसघि नबिल बैंकको सीईओ रहेका अनिल केशरी शाहले आफ्नो कार्यकाल सकेर विदा लिइसकेका छन् ।

वायुसेवा निगम ६५ वर्षमाःबजार हिस्सा गुमाउँदै,४७ अर्ब ऋण Read Previous

वायुसेवा निगम ६५ वर्षमाःबजार हिस्सा गुमाउँदै,४७ अर्ब ऋण

महानगरको पार्क मोहः२५ निमार्ण सम्पन्न,२२ बन्दै Read Next

महानगरको पार्क मोहः२५ निमार्ण सम्पन्न,२२ बन्दै