काठमाडौं । नेपालम एसबीआई बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको हो ।
बैंकका अनुसार सो ऋणपत्र ५ वर्ष अवधिका लागि निष्कासन हुने छ भने वार्षिक १०.२५ प्रतिशत ब्याज पाइन्छ । ऋणपत्रमा सी(आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने बैंकले जनाएको छ ।
निष्कासन गर्न लागेको ऋण पत्र मध्ये १८ लाख कित्ता आफ्नै पहलमा विभिन्न बैंक तथा वित्तीय संस्थालाई बिक्री गर्नेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणलाई निष्कासन गर्ने भएको हो।
असार २२ गतेदेख निष्कासन हुने ऋणपत्रमा २६ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरे साउन ४ गतेसम्म ऋणपत्रमा आवेदन दिन सकिने छ ।